२०८३, २३ आश्विन शनिबार

रामचन्द्रको पक्राउप्रति देउवाको आक्रोश : सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्छौं

रामचन्द्रको पक्राउप्रति देउवाको आक्रोश : सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्छौं


काठमाडौं, १७ मंसिर  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेको छन्। तनहुँमा पुलको उद्घाटन गर्न पुगेको नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले रिहाइको माग गरेका हुन्।

सभापति देउवाले बुधबार विज्ञप्ति निकालेर तत्काल रिहाको माग गरेका छन्। नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन्।

सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।

वर्तमान सरकारको अधिनायकवादीको आकांक्षा को जग भएको यो घटनाप्रति कडा विरोध गर्दै अधिनायकवादी अभिष्‍टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एकढिक्का हुने चेतावनीसमेत दिएका छन्।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको छ। तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ५ : ३० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य