२०७४ साल चैत्र २ गते सूचना तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भएका काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटा काभ्रेको मण्डन नगरपालिका–४ नयाँगाउँ चैनपुरमा २०२७ सालमा जन्मिएका थिए । बुबा हरिप्रसाद र आमा बालकुमारीको कोखबाट जन्मिएका बास्कोटा ४ दाजु–भाइमध्ये कान्छो हुन् । बास्कोटा कक्षा ३ मा पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन भएको थियो । त्यतिबेलै…