२०८२, २ श्रावण शुक्रबार

बेथिति : कन्डिसनका गाडी ग्यारेजमा नयाँ किन्न रकम माग

बेथिति : कन्डिसनका गाडी ग्यारेजमा नयाँ किन्न रकम माग


काठमाडौं, कात्तिक २१ : संघीय संसदका विषयगत समितिका सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो थियो– सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए ।सभापति मात्र होइन, केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको गाडीमा चित् बुझाएनन्। पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको ‘एजेन्डा’ नै बन्यो। अनि एजेन्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म ।

संख्याको हिसाबले हेर्ने हो भने संघीय संसद सचिवालयसँग १०० भन्दा बढी गाडी छन्। प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवतजावतमा प्रयोग गरिए पनि अन्य सवारीसाधन पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् ।

कुल गाडीमध्ये दुई वर्षयता भित्र्याइएका गाडी नै २५ वटाभन्दा बढी छन् तर यी गाडीसमेत पदाधिकारी र सभापतिले कन्डिसनमा नरहेको भन्दै नयाँ गाडी खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका छन्।, यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ७ : ४६ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै