२०८२, २५ असार बुधबार

आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भईरहेको छ :मन्त्री पण्डित

आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भईरहेको छ :मन्त्री पण्डित


काठमाडौँ, २४ कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयनका लागि आवश्यक सङ्घीय ऐन निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले कर्मचारी समायोजन ऐन तर्जुमाको अन्तिम चरणमा पुगेको तथा सङ्घीय निजामती सेवा ऐनसहित अरू थुप्रै ऐन प्रक्रियामा रहेको बताउनुभयो ।

आफ्नो पूर्व प्रतिबद्धताअनुसार सरकारले असारको मसान्तभित्र प्रशासनिक सङ्क्रमणकाल अन्त्य गरिसकेको तथा कर्मचारी समायोजन पनि आगामी मङ्सिरको अन्त्यसम्म सम्पन्न हुने मन्त्री पण्डितको भनाइ थियो ।

स्थानीय तथा प्रदेशका लागि आवश्यक कर्मचारी भर्ना गर्नका लागि केन्द्रीय लोक सेवा आयोगबाट छिट्टै विज्ञापन गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय तहलाई आवश्यक प्राविधिक जनशक्ति करारमा लिन मन्त्रालयले रोक नलगाइएको तर अनावश्यक भर्ना लिने नीति भने सरकारको नरहेको प्रष्ट पार्नुभयो । मन्त्री पण्डितले विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय तहले आफूअन्तर्गतको बजेट कार्यान्वयन गरी पूर्ण परिचालन भएपछि विकासको गतिले तीब्रंता लिने र परिणाम जनतासामु आउने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ११ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज