काठमाडौँ, २० असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यावहारिक शिक्षा दिइनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कक्षाकोठाको पढाइले मात्र पुग्दैन, विद्यार्थीलाई घर गाउँमा,…