२०८३, २२ आश्विन शुक्रबार

गैह्रीगाउँमा चार जनाको हत्या अपराध,बोल्न नसक्ने सञ्जय भण्डारीले लेखेर स्वीकारे

गैह्रीगाउँमा चार जनाको हत्या अपराध,बोल्न नसक्ने सञ्जय भण्डारीले लेखेर स्वीकारे



घटना लगत्तै खुकुरी बोकेर भागेका थिए आरोपी, सीसीटीभी फुटेजका आधारमा पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार राति भएको चार जनाको हत्या घटना आफूले गरेको एक बोल्न नसक्ने व्यक्तिले स्वीकारेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुमा उनले फर्निचरमा पसेर आफूले चार जनाको हत्या गरेको स्वीकारेको लेखेर स्वीकारेको एक प्रहरी अधिकारीले बताएका छन् । ‘आई किल्ड फोर पिपुल’, बोल्न नसक्ने उनले प्रहरी समक्ष लिखित रुपमा चार जनाको हत्यामा आफू संलग्न रहेको स्वीकारेका हुन् । प्रहरीले उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ । प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको जनाएको छ । चार जनाको हत्यापछि आरोपी भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो ।

भण्डारी दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार विहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । बोल्न नसक्ने भण्डारीले दोभासेमार्फत प्रहरीमा बयान दिएका हुन् । उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेको बयान दिएका प्रहरी स्रोतले बताएको छ ।

गैह्रीगाउँस्थित दिव्य स–मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । गैह्रीगाउँको दिव्य सःमिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  ७ : ०८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य