२०८३, २२ आश्विन शुक्रबार

एमालेले आज सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्दै

एमालेले आज सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्दै


काठमाडौँ । नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्ने भएको छ ।

एमालेले नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम केन्द्रीय पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासललगायत सातै प्रदेशमा हुनेछ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको एमाले प्रचार विभागले जनाएको छ ।

स्वर्गीय सुवास नेम्वाङको सम्झनामा आज सातवटै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
एमालेले हालै दिवङ्गत नेता नेम्वाङको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ । विचार गोष्ठी अन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  १० : ०२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य