धुलिखेल/ तत्कालिन द्धन्द्धरत माओवादीलाई दउराको फेरमा समाएर शान्ति प्रक्रियामा ल्याएको गुनगान गाउँदै आएको नेपाली काँग्रेसले प्रचण्ड अझै पनि आतंककारीकै सुचीमा रहेको बताएको छ । शनिबार काभ्रेको भकुण्डेमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाली काँग्रेसको चुनावी कोणसभामा बोल्दै काँग्रेस केन्द्रिय सदस्य बद्रि पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको नाम अझै पनि आतंककारी सुचिबाट नहटेको…