२०८३, १४ असार सोमबार

सुन तस्करीबारे उच्चस्तरीय जाँचबुझ आयोग गठनमा दलहरुबीच विवाद

सुन तस्करीबारे उच्चस्तरीय जाँचबुझ आयोग गठनमा दलहरुबीच विवाद


काठमाडौं । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनdf दलहरूबीच विवाद हुँदा आयोग गठनमा ढिलाई भएको छ ।

असोज ५ गतेभित्र आयोग गठन गर्ने दलहरुबीच सहमति भएपनि आयोगको कार्यदेशका विषयमा विवाद हुँदा आज पनि जाँचबुझ आयोग बन्न नसकेको हो । सत्तारुढ दल र प्रतिपक्षीबीच आयोगको कार्यदेशका बारेमा पटक–पटक छलफल भएपछि सहमति नजुटेपछि शीर्ष तहमा नै छलफल गर्ने तयारी भएको छ ।

आयोगको कार्यदेशका बारेमा आइतबार रक्षा मन्त्रालयमा प्रमुख दलका नेताहरुबीच मौजुदा कानून, घटनाको अनुसन्धान लगायतमा छलफल भएको थियो । सो क्रममा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान सुरूबाटै गर्नुपर्ने अडान राखेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले सत्तारुढ दलका नेता र तिनका परिवारलाई चोख्याएर प्रतिवेदन दिएपछि एमालेले सुरुबाटै छानविनको अडान राखेको हो ।

छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सीआईबीले राम्रो काम गरेपनि आयोगलाई सबै अनुसन्धान गर्ने अधिकार दिनुपर्ने पार्टीको बटमलाइन सुनाउनु भयो । तस्कारीको पर्दा पछाडिको व्यक्तिमाथि छानबिन गर्न आयोग गठनको माग गरेकाले सबै अनुसन्धान गर्ने क्षेत्राधिकार दिएर आयोग गठन गर्नुपर्ने बर्ताैलाको भनाई छ । बर्तौलाले अदालत वा सो सरहको काम गर्ने गरी कार्यादेश तयार गर्नुपर्ने धारणा राखेका छन् ।

विद्युतीय चुरोटबाट भएको सुन तस्करीका सम्बन्धमा पनि अनुसन्धान गरी त्यसमा संलग्नमाथि कारबाही गर्नुपर्ने एमालेको माग छ । भेप प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुल जोडिनुभएको छ । सरकार महरामाथि छानबिन गर्ने यसअघिको सहमतिबाट पछि हटेको एमालेको भनाई छ ।

एमालेले दोषी कोही नउम्कने गरी छानविन हुनुपर्ने बताएको छ भने सत्तारुढ दल जोगाउने योजनामा लागेको उस्को बुझाइ छ । बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले सुन तस्करी नियन्त्रणका लागि आवश्यक कानूनको सिफारिस गर्ने, अहिलको संरचनामा गर्नुपर्ने सुधार र अहिलेसम्म भएका अनुसन्धानमाथि अध्ययन गरेर प्रतिवेदन दिने मुल आशय रहेको बताउनु भयो ।

सीआईबीले गरेको अनुसन्धानकलाई शून्यमा झार्न नहुने र सीआईबीको प्रतिवेदनमाथि अध्ययन गर्न सकिने उहाँको भनाइ छ । अहिलेसम्मको अनुसन्धानलाई शून्यमा झारेर नयाँ ढंगले अनुसन्धान गर्ने आशय एमालेबाट आएकाले सहमति हुन नसकेको लेखकले बताउनु भयो ।

सुन तस्करी प्रकरणलाई लिएर एमालेले निरन्तर संसदमा अवरोध गरेपछि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको थियो । सहमतिमा सीआईबीको अनुसन्धान सकिएपछि असोज ५ गतेदेखि काम थाल्ने गरी आयोग गठन गरिने उल्लेख थियो । तर एमालेले सिआइवीको प्रतिवेदन मुख्य दोषी जोगाउने गरी आएको बताएको छ ।

प्रकाशित मिति : २०८०, ७ आश्विन आईतबार  ६ : ३६ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण