सिन्धुली, २ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको जनमत खेर नजाने उल्लेख गर्दै समृद्धिको यात्रामा वर्तमान सरकारबाट धोका नहुने बताउनुभएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आयोजित प्रथम फिक्कल महोत्सवको आज उद्घाटन गर्दै उहाँले आगामी पाँच वर्षभित्र मुलक विद्युत्मा आत्मनिर्भर हुने, रेल, नेपाली झण्डासहितको पानी जहाज, इँट्टाभट्टाजस्ता साना उद्योगमा पनि योगदानमा आधारित…