२०८३, २४ आश्विन आईतबार

‘राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता’ :रक्षामन्त्री पोखरेल

‘राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता’ :रक्षामन्त्री पोखरेल


काठमाडौँ, २९ फागुन : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको १५ दिवसीय उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीमको आज समापन गर्दै उहाँले राजनीतिक स्थायित्वले नै राष्ट्रिय सुरक्षाको चुनौती र खतरालाई सम्बोधन गर्न सक्ने बताउनुभयो ।

“राष्ट्रिय सुरक्षाका लागि सबै नेपाली एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाएर साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रबन्ध मिलाउन सहज हुन्छ,” उहाँले भन्नुभयो ।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले राष्ट्रिय सुरक्षाजस्तो गम्भीर विषमा समस्त नेपाली संवेदनशील हुन जरुरी भएको बताउनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)सहित विभिन्न सरकारी निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृत र अन्य सुरक्षा निकायका अधिकृतहरु गरी २४ जनाले उक्त तालीम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ७ : ०९ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि