सप्तरी, १४ मङ्सिर : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजनीतिक सहमति, जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । प्रदेश नं २ मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामद्वारा आज राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजित ‘न्यायिक समितिका पदाधिकारीको क्षमता विकास सम्बन्धी प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै खरेलले संविधान सम्झौताको दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकता,…