२०८३, २४ आश्विन आईतबार

रामग्राम स्तूपको विकासमा तीव्रता दिनुपर्छ : नेता गौतम

रामग्राम स्तूपको विकासमा तीव्रता दिनुपर्छ : नेता गौतम


परासी, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले रामग्राम स्तूपको विकासमा तत्परता देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम–७ मा अवस्थित रामग्राम स्तूपको आज अवलोकनका लागि आउनुभएका नेता गौतमले ऐतिहासिक महत्व बोकेको स्तूपको विकास नभएको देख्दा आफूलाई चिन्ता लागेको बताउनुभयो ।

रामग्राम स्तूप भगवान् गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल हो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीसहित आउनुभएका नेता गौतमले भन्नुभयो, “विश्वकै ऐतिहासिक सम्पदाको रुपमा रहेको यस्तो पवित्रस्थल विकासको दृष्टिकोणले पछाडि परेको देख्दा मलाई दुःख लागेको छ, सङ्घ, प्रदेश र स्थानीय तीन तहका सरकार मिलेर यसको तीव्र रूपमा विकास गर्न आवश्यक छ ।”

नेता गौतमले स्तूपमा आवश्यक पूर्वाधार निर्माणका लागि चाहिने जग्गा अधिग्रहण तत्काल गरी विकासको कार्यलाई तीव्रता दिन ध्यानाकर्षण गराउनुभयो । गौतमसँगै आउनुभएका मन्त्री चौधरीले स्तूपको महत्वबारे प्रकाश पार्दै प्रदेश सरकारले गर्न लागेको विकासको विषयमा जानकारी गराउनुभएको थियो ।

मन्त्री चौधरीले रामग्राम क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया शुरु हुन लागेको जानकारी गराउँदै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षमा रामग्रामलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश सरकारले सञ्चालन गर्ने मोनोरेल रामग्राममा पनि जोडिने बताउँदै आफ्नो पहलमा पूर्वपश्चिम राजमार्गबाट स्तूपसम्म जोड्ने गरी दुई सडकमार्ग पनि निर्माण भएको जानकारी दिनुभयो ।

करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ । रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : ३० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि