२०८३, २ आश्विन शनिबार

संघीयता कार्यान्वयनबारे देउवा–आरजु सवालजवाफ

संघीयता कार्यान्वयनबारे देउवा–आरजु सवालजवाफ


काठमाडौं, जेठ १७ : कांग्रेस सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयन र स्थानीय तहमा कांग्रेस जनप्रतिनिधिको भूमिकाबारे आफ्नै पत्नीबाट प्रश्नको सामना गर्नुपरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको संघीयता कार्यान्वयनको चुनौतीसम्बन्धी विशेष अन्तरक्रियामा देउवापत्नी आरजुले संविधान लेख्ने वेलामा गरिएको प्रतिबद्धता अहिलेको संघीयताले पूरा नगरेको बताइन् ।

अन्तरक्रियामा फ्लोरबाट गुनासो र सुझाब सुनाउने क्रममा आरजुले मञ्चमा रहेका देउवासँग जनतालाई संघीयता बुझाउन नसकिएको गुनासो गरिन् । ‘संविधान लेख्ने वेलाको आश्वासन र अहिलेको व्यवहारका बीचको विभेद सेयर गर्न मन लाग्यो,’ उनले भनिन्, ‘हामीले नागरिकलाई शासन, प्रशासन र साधनस्रोतमा पहुँच पु(याउँछौँ भन्दै भोट हाल्न लगायौँ । तर, हाम्रै पार्टीबाट जितेर स्थानीय तहमा आएकाले पनि सुशासन दिन, स्रोतको परिचालन गर्नमा के गरेका छौँ ?’

पार्टीले जनतालाई संघीयता बुझाउन नसकेको भन्दै उनले प्रश्न गरिन्, ‘समावेशिताअनुसार महिला, आदिवासी, दलितसहितको प्रतिनिधित्व सबै ठाउँमा कहिले गराउँछौँ ?’ सरकारले ल्याएको बजेट संघीयताविरुद्ध भएको भन्दै कांग्रेसले यसविरुद्ध जनस्तरसम्मै भन्डाफोरको कार्यक्रम गर्नुपर्ने सुझाब पनि दिइन् ।

आरजुको प्रश्नः
संविधान लेख्ने वेला हामीले जनता र नागरिकलाई शासन, प्रशासन र साधनस्रोतमा पहुँच पु¥याउँछौँ भन्दै भोट हाल्न लगायौँ । तर, अहिले त्यस्तो छैन । हामीले जनतालाई संघीयता किन बुझाउन सकेनौँ ? हाम्रो पार्टीले जितेका स्थानीय तहमा हामीले के ग¥यौँ ? सुशासन दिन, स्रोतको परिचालन गर्न के गरेका छौँ ? हामीले समावेशिताअनुसार महिला, आदिवासी, दलितसहितको प्रतिनिधित्व सबै ठाउँमा कहिले गराउँछौँ ? जनतालाई संघीयता बुझाउनै गाह्रो भयो ।

देउवाको जवाफः
जनताको प्रत्यक्ष सहभागितामा शासन गर्न, बढीभन्दा बढी अधिकार जनतालाई दिन संघीयतामा गएका हौँ । यसमा समस्या छ भनेर अब संघीयताबाट पछाडि फर्किने कुरा छैन । यसलाई सफल बनाउने हो । ओली सरकारले संघीयतालाई बेवास्ता ग-यो, अपमान गर्दै छ । यसकारण संघीयतालाई आत्मसात गरिसकेको कांग्रेसले प्रदेशदेखि स्थानीय तहसम्मै पुगेर यस विषयमा वकालत गर्नुपर्छ । आज ओली राजाहरूकै बाटोमा छन् । यस्तै, रबैया रहिरहे आन्दोलनमार्फत यो सरकार पनि हटाउँछौँ ।

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ७ : २४ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी