२०८३, २ आश्विन शनिबार

सुरक्षा र विकास विना समृद्धि सम्भव छैन : गृहमन्त्री थापा

सुरक्षा र विकास विना समृद्धि सम्भव छैन : गृहमन्त्री थापा


काठमाडौँ, १८ जेठ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले आज आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पु¥याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ । गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उहाँले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर गर्नुभयो ।

“विकासविना समृद्धि सम्भव छैन, त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको छ, त्यसैलाई केन्द्रित गरेर बजेटमार्फत भर्खरै विकासका योजना प्रस्तुत गरेको छ”, गृहमन्त्रीले भन्नुभयो । वृद्धवृद्धालाई संरक्षण गर्ने दायित्व राज्यको भएकाले वृद्धभत्ता बढाएर सरकार अघि बढेको बताउँदै उहाँले दिदीबहिनीको संरक्षण कसरी गर्ने, राहत कसरी दिने भन्ने कुरा पनि योजनामा रहेको बताउनुभयो ।

देशमा भएका लाखौँ बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत सरकारले योजना अघि सारेको उल्लेख गर्दै गृहमन्त्री थापाले कोही पनि रोगले नमरुन्, कोही पनि भोगले नमरुन् र कोही पनि आवासविना शीत र गर्मीले नमरुन् भनेर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा योजना र स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउनुभयो । सो क्रममा गृहमन्त्री थापाले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।

गृहमन्त्री थापाले ज्ञानको शिखर पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको समेत बताउनुभयो । जोशीले सामुदायिक सेवा केन्द्रले मानवीय सेवा गर्दै आएकामा प्रशंसा गर्नुहुँदै आजको जमानामा सबैभन्दा ठूलो कर्तव्य सेवा भएको बताउनुभयो । गृहमन्त्रीबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको जोशीले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : २३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी