काठमाडौँ, कात्तिक १६ : ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३ जना सहभागी छन्।पाँचदिने भ्रमणमा मंगलबार निस्किएको टोलीको दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने योजना थियो। तर, टोली बिहीबार धरान–धनकुटातर्फ लागेको छ। गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले इलामको विश्वशान्ति तथा रुम र झापाको बुद्धशान्ति गाउँपालिका…