२०८२, २९ असार आईतबार

नेकपा एसमा सर्वसम्मतको प्रयास असफल : भोलि मतदान

नेकपा एसमा सर्वसम्मतको प्रयास असफल : भोलि मतदान


काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिष्टब्युरो कमिटी चयन गर्न निर्वाचन गर्ने भएको छ ।सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न चुनाव गर्ने निर्णय गरेको छ । सहमतिबाट पदाधिकारी चयन गर्न कोशिस गरिए पनि सफल नभएपछि चुनावमा जाने निर्णय भएको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनमा जाने तयारी भएको जानकारी दिए । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ ।

चुनावबाट वरिष्ठसहित ७ जना उपाध्यक्ष, ४ जना उपमहासचिव र ७ जना सचिव चयन हुनेछन् । एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहने प्रावधान छ । असार १६–२० गतेसम्म काठमाण्डुमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन भएर पदाधिकारी चयन बाँकी थियो । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।

प्रकाशित मिति : २०८१, १० भाद्र सोमबार  ७ : २८ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म