काठमाडौं १५ साउन निर्वाचन आयोगले आगामी मंसिर पहिलो साताभित्र संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदहरुको उपनिर्वाचनका लागि तयारी थालेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार कात्तिक अन्तिम…