काठमाडौं, १८ मंसिर : गृहजिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारको विरोध गर्दै गोरखामा प्रदर्शन भएको छ । नेपाली विद्यार्थी संघ र नेपाल तरुण दल गोरखाले सदरमुकामको बसपार्कदेखि हरमटारीसम्म नाराबाजीसहित प्रदर्शन गरेका हुन् । ‘नेकपाको कारिन्दा बनेर प्रशासनले उहाँलाई गिरफ्तार गर्यो,’ नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले भने, ‘आफ्नै पहलमा बन्दै गरेको…