बागलुङ, ३२ साउन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरुलाई सुविधाभोगी नबन्न आग्रह गर्नुभएको छ । जिल्ला वडा सङ्घ बागलुङको प्रथम प्रारम्भिक भेलालाई आज सम्बोधन गर्दै उहाँले अत्यावश्यक र न्यूनतम सुविधा लिएर जनताको सेवामा खट्न आग्रह गर्नुभयो ।“जनताभन्दा माथि हामी कोही छैनौँ, जनतालाई हामीले भगवान् मानेर आएको हो”, उहाँले भन्नुभयो, “भगवान्लाई नै पन्छाएर अगाडि…