२०८३, १ आश्विन शुक्रबार

प्रधानमन्त्रीले प्रमुख सचेतक गुरुङको राजीनामा माग्दै प्रचण्डलाई फोन गरे

प्रधानमन्त्रीले प्रमुख सचेतक गुरुङको राजीनामा माग्दै प्रचण्डलाई फोन गरे


काठमाडौं ३० मंसिर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा गरेका छन् ।

२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र, तपाईले प्रमुख सचेतकबाट राजीनमा दिनुस्’ बालुवाटार निकट स्रोतले अनलाइनखबरसँग भन्यो । जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए ।

ओलीले भने दलको नेता आफूविरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् । गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाजिक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् ।

पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको उनले उनले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  २ : ५० बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी