२०८३, १५ कार्तिक आईतबार

प्रधानमन्त्रीले प्रमुख सचेतक गुरुङको राजीनामा माग्दै प्रचण्डलाई फोन गरे

प्रधानमन्त्रीले प्रमुख सचेतक गुरुङको राजीनामा माग्दै प्रचण्डलाई फोन गरे


काठमाडौं ३० मंसिर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा गरेका छन् ।

२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र, तपाईले प्रमुख सचेतकबाट राजीनमा दिनुस्’ बालुवाटार निकट स्रोतले अनलाइनखबरसँग भन्यो । जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए ।

ओलीले भने दलको नेता आफूविरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् । गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाजिक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् ।

पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको उनले उनले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  २ : ५० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक