काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो । बैठकको निणर्य सुनाउँदै उप– सभापति धनराज गुरुङले भने,‘ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुन साथ…