काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा देखिएको राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश समन्वय संयन्त्रको पहिलो बैठकलाई बिहीबार पार्टीको वाग्मती प्रदेश कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताउनुभयो । देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने…