२०८३, २० आश्विन बुधबार

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा


विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश कमिटी सडक संघर्षमा उत्रिएको छ। पार्टीका नेता–कार्यकर्तामाथि पक्राउ, धरपकड र दमन भए तत्काल प्रतिकारमा उत्रने स्पष्ट निर्देशन एमाले कोशी प्रदेश इन्चार्ज एवं पार्टी सचिव शेरधन राईले दिएका छन्।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले वर्तमान सरकार लोकतन्त्रलाई बन्धक बनाएर सत्ता टिकाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै भने, “बयान लिने बहानामा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजनीतिक प्रतिशोध साँध्ने दुस्साहस गरिँदैछ। एमाले यो अपमान सहेर बस्दैन। एक सेकेण्ड पनि चुप लाग्दैन।”

उनले सरकारले गठन गरेको छानबिन आयोगलाई नै अवैध र असंवैधानिक ठहर गर्दै उक्त आयोगसँग एमाले अध्यक्षलाई बयानमा बोलाउने कुनै नैतिक, कानुनी वा राजनीतिक हैसियत नरहेको बताए। “यो आयोग सत्य खोज्न होइन, विपक्षीलाई तह लगाउन गठन गरिएको हो,” राईको आरोप छ।

सरकारले धरपकड, आगजानी, लुटपाट र तोडफोड जस्ता अराजक हर्कतको वातावरण सिर्जना गरे एमाले कार्यकर्ता आत्मरक्षाका लागि संगठित रूपमा उभिने चेतावनी दिइयो। निजी, सार्वजनिक र सरकारी सम्पत्तिको रक्षा गर्दै नागरिक सुरक्षाका लागि कोशीका सबै जिल्लामा आन्दोलन, सद्भाव र्‍याली र जनप्रदर्शन चर्काइने घोषणा गरिएको छ।

“निर्वाचनको रटान लगाएर प्रतिगमन लाद्ने सपना देखिएको छ,” सचिव राईले भने, “यदि सरकार त्यो बाटोमा अघि बढ्यो भने लोकतन्त्र र संविधानको रक्षा गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमाले सडकदेखि सदनसम्म निर्णायक संघर्षमा उत्रिन्छ।”

एमालेले आफ्ना सबै कार्यक्रम शान्तिपूर्ण हुने दाबी गरे पनि चेतावनी स्पष्ट छ—दमन भयो भने प्रतिकार पनि कडा हुनेछ। पार्टीले लोकतन्त्र, संविधान र जनअधिकारमाथि भइरहेका सबैखाले षडयन्त्रविरुद्ध उभिन सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक वर्ग, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी, युवा र विद्यार्थीलाई सडक संघर्षमा ऐक्यबद्ध हुन आह्वान गरेको छ।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  १ : १९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको