२०८३, १० असार बिहीबार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। यसका लागि प्रदेशसभा सचिवालयले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ।

प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाका अनुसार बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यसूची तय गरिएको छ। यससम्बन्धी सूचना प्रदेशसभा सचिवालयले सबै सांसदहरूलाई पठाइसकेको छ।

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै विश्वासको मतका लागि बैठक बोलाउन अनुरोध गरेका थिए। सोही अनुरोधअनुसार आजको बैठक आह्वान गरिएको हो।

यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

संविधानअनुसार मुख्यमन्त्रीले पदभार ग्रहण गरेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सो संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ पुस शुक्रबार  ११ : २४ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा