२०८३, १० कार्तिक मंगलबार

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। मंगलबार बिहान करिब सवा ५ बजे हाइड्रोपावरमाथिबाट ढुंगासहितको पहिरो खसेको थियो। पहिरोमा परी ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ का करिब ५५ वर्षीय दिपक बरुवाल बेपत्ता भएका हुन्। पहिरोबाट खसेको ढुंगा लागेर हाइड्रोपावरमा काम…