२०८३, १० कार्तिक मंगलबार

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तत्काल जेल जानुपर्ने अवस्था टरेको छ। विशेष अदालतले कार्कीलाई १५ लाख रुपैयाँ धरौटी वा बैंक जमानत लिएर तारेखमा राख्ने आदेश दिएको हो।

कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। अख्तियारले विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई भ्याटलगायतका महसुलमा उन्मुक्ति दिने व्यवस्था कार्यान्वयन सम्झौतामा राख्दा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरेको छ।

तर कार्कीले आरोप अस्वीकार गर्दै आफूले नेपाल–चीनबीच भएको ऋण सम्झौता कार्यान्वयन मात्रै गरेको अदालतमा जिकिर गरेका छन्। अदालतले तत्काल उपलब्ध प्रमाण र परिस्थितिका आधारमा उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आवश्यक नदेखिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : ०० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना