२०८३, २४ श्रावण सोमबार

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा


काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी अभिलेखमै हेरफेर गरेको आरोपमा नेपालगन्जका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपालगन्ज–२० का वडाध्यक्ष कौशलकुमार धोवी, वडा सचिव वीरबहादुर थापामगर, रविन्द्र लामिछाने र विकासकुमार चापागाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार जग्गा कारोबार पुष्टि गर्ने उद्देश्यले नक्कली करारनामा तयार गरी वडा कार्यालयको लिखत प्रमाणित दर्ता किताबमा पछि गएर विवरण थपघट गरिएको थियो।

सरकारी छापसमेत दुरुपयोग गरी चलानी नम्बर र कागजातमा हेरफेर गरेको आरोप छ।

वडाध्यक्ष र वडा सचिवविरुद्ध सरकारी कागजात सच्याएको अभियोग लगाइएको छ भने लामिछाने र चापागाईलाई मतियारको आरोप लगाइएको छ।

आयोगले चारै जनामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवानाको मागदाबी गरेको छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : १४ बजे

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री

रसुवामा सेनाको गणमै विष्फोट : म्याद सकिएको विष्फोटक डिस्पोज गर्ने क्रममा ५ जना घाइते

काठमाडौं । रसुवामा म्याद सकिएको विष्फोटक पदार्थ व्यवस्थापन गर्ने क्रममा