दैलेख । द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन गरी घटनासम्बन्धी तथ्य सार्वजनिक गर्न साहसिक भूमिका निर्वाह गरेका पत्रकार याम शर्मा सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ दैलेख शाखाले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको २२औँ स्मृति दिवसका अवसरमा पत्रकार शर्मालाई विशेष सम्मान गरेको हो। द्वन्द्वकालको जोखिमपूर्ण अवस्थामा डेकेन्द्रको शव उत्खननदेखि घटनाका तथ्य बाहिर ल्याउन उनले…