पर्सा, ६ कात्तिक : वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उहाँमाथि छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा…