२०८३, १६ आश्विन शनिबार

मण्डनदेउपुरले पाए पक्की विद्यालय भवन

मण्डनदेउपुरले पाए पक्की विद्यालय भवन


मण्डन देउपुर नगरपालिका वडा नं.११ जैसीथोक झगरेडाँडामा रहेको पंच कन्या आधारभूत विद्यालयले भुकम्प प्रतिरोधी चार कोठे दुई तले पक्की भवन पाएका छन्

जिल्ला आयोजना कार्यन्वयन इकाई काभ्रेका प्रमुख निर्मलकुमार घिमिरेले सोमबार मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवालाई विद्यालयको साँचो हस्तान्तरण गरी विद्यालय उद्घाटन गरेका थिए ।

प्रमुख वाईवाले उक्त साँचो विद्यालयका अध्यक्ष र प्रधानाध्पाकलाई हस्तान्तरण गरेका छन् । विद्यालय भवन पचपन्न लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

विद्यालय भवनको उद्घाटन गदै नगर प्रमुख टोकबहादुर वाईवाले भुकम्प प्रतिरोधी पक्की भवनमा विद्यार्थी र शिक्षक सुरक्षित ढंगले अध्ययन अध्यापन गर्न पाउने बताएका छन् । यसैगरी वाइवाले विद्यालय निर्माणमा विशेष सहयोग गर्ने जिल्ला आयोजना कार्यन्वयन इकाईका सव इन्जीनियर गणेशप्रसाद मैनालीको प्रसंसा समेत गरेका थिए ।

भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा डि एल पि आई यूका सव इन्जीनियर गणेशप्रसाद मैनाली, श्रेया झा र सुशान्त झा उपस्थीत भएका थिए ।
यसैगरी मण्डन देउपुर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष माधाव न्यौपाने र वडा नं. ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्यले शुभकामना मन्तव्य राख्दै अव विद्यालयले शैक्षिक गुणस्तर राम्रो बनाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ११ : ०४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार