गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थित राष्ट्रिय समाचार समिति रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ। “राससका नाममा देशभर रहेका जग्गालगायत भौतिक सम्पत्तिको सही सदुपयोग गर्ने गरी योजना बनाउनु आवश्यक छ”, निरीक्षणका क्रममा उहाँले भन्नुभयो। मन्त्री गुरुङले राससको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पत्रकारको वृत्ति विकासमा पनि…