२०८२, ३० कार्तिक आईतबार

नागरिक उड्डयन मन्त्रीले एक हप्तासम्म सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित गर्ने 

नागरिक उड्डयन मन्त्रीले एक हप्तासम्म सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित गर्ने 


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको सबै ध्यान हवाई सुरक्षाको विषयमा केन्द्रित रहेको बताउनुभएको छ । 

बुधबार नुवाकोटमा  हेलिकप्टर दुर्घटना भएपछि एक हप्ताका लागि आफ्ना पूर्व निर्धारित सबै सार्वजनिक कार्यक्रम स्थगित तथा जरुरी बाहेकका भेटघाटको कामलाई बन्द गरी मन्त्रालयको सम्पूर्ण ध्यान हवाई सुरक्षाको विषयमा छलफल, समन्वय र अल्पकालीन तथा दीर्घकालीन उपायको कार्यान्वयनमा केन्द्रित गर्ने निर्णय गरेको पाण्डेले उल्लेख गर्नुभएको छ ।  

वर्षाको मौसम सुरु भएसँगै बाढी पहिरो र सडक दुर्घटनाबाट मुलुक आहत भइरहेका बेला यही साउनमा सौर्य एयरको विमान र एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनाले सबैलाई थप मर्माहत बनाएको पाण्डेले बताउनुभयो । प्राकृतिक विपत्तिका बेला उद्धार र राहतमा सहज र भरपर्दो माध्यम मानिएको हेलिकप्टर दुर्घटना हुनु थप चुनौतीको विषय बनेको पाण्डेले उल्लेख गर्नुभएको छ । 

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको २३ दिनको अवधिमै भएका दुई हवाई दुर्घटनाले आफ्नो कार्य प्राथमिकतालाई हवाई सुरक्षामा अधिकतम गम्भीरताका साथ केन्द्रित गर्नु पर्ने आवश्यकता रहेको पाण्डेले बताउनुभएको छ । मन्त्री परिषद्को बैठक सकिए पछि बुधबार साँझ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब डेढ घण्टा हवाई सुरक्षाको सुनिश्चितताका लागि तत्कालीन र दीर्घकालीन रूपमा गर्नु पर्ने कामका विषयमा गम्भीर छलफल भएको उहाँले जानकारी दिनुभएको छ । ‘प्रधानमन्त्री ज्यूले यो विषयलाई गम्भीरता पूर्वक लिँदै नीतिगत तथा संरचनागत सुधारका सबै उपाय अपनाउन निर्देशन दिनु भएको छ’, पाण्डेले भन्नुभएको छ । 

हवाई सुरक्षाका विषयमा अधिकतम लचकता अपनाउनेदेखि आवश्यक पर्दा कठोर निर्णय लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पछि नपर्ने पाण्डेले उल्लेख गर्नुभएको छ ।  उहाँले सबै हवाई सेवा प्रदायक कम्पनी तथा विमान चालक तथा प्राविधिक जनशक्तिलाई हवाई सुरक्षाका लागि अपनाउनु पर्ने वा पालना गर्नु पर्ने विषयलाई पुनः गम्भीरतापूर्वक समीक्षा गर्न र हवाई सुरक्षाका विषयमा कुनै पनि सम्झौता नगर्न, सजग, सचेत र जिम्मेवार हुन आग्रह गर्नुभएको छ । 

यस्तै मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीलाई पनि हवाई सुरक्षाका विषयमा कुनै सम्झौता नगरी सेवा प्रदायकहरूसँग निकट रहेर काम गर्न र यस विषयमा भए गरेका कामको दैनिक रूपमा मन्त्रालयमा रिपोर्टिङ गर्न उहाँले निर्देशन दिनुभएको छ ।  

प्रकाशित मिति : २०८१, २४ श्रावण बिहीबार  ११ : ०७ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर