२०८२, २६ असार बिहीबार

सञ्चारमन्त्री गुरुङद्वारा गण्डकी प्रदेश रासस कार्यालयको निरीक्षण

सञ्चारमन्त्री गुरुङद्वारा गण्डकी प्रदेश रासस कार्यालयको निरीक्षण


गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थित राष्ट्रिय समाचार समिति रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ।

“राससका नाममा देशभर रहेका जग्गालगायत भौतिक सम्पत्तिको सही सदुपयोग गर्ने गरी योजना बनाउनु आवश्यक छ”, निरीक्षणका क्रममा उहाँले भन्नुभयो। मन्त्री गुरुङले राससको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले पत्रकारको वृत्ति विकासमा पनि आफ्नो जोड रहने उल्लेख गर्नुभयो। “राससको प्रभावकारिता वृद्धिमा तपाईंहरुको ठाउँबाट इमान्दारीका साथ लाग्नुहोस्, मेरोतर्फबाट सकेको सहयोग गर्छु”, मन्त्री गुरुङले भन्नुभयो।

निरीक्षणका क्रममा कार्यालय प्रमुख वासुदेव पौडेलले रासस प्रदेश कार्यालयको अवस्था र सेवाबारे मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो । मन्त्री गुरुङसमक्ष उहाँले पोखरामा रासस प्रदेश कार्यालय भवन निर्माणमा सरकारको सहयोगको खाँचो औँल्याउनुभयो । सो अवसरमा मन्त्री गुरुङले राससको स्वामित्वमा रहेको जग्गाको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । उहाँलाई प्रमुख पौडेललगायत राससकर्मीले कार्यालयमा स्वागत गरेका थिए।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार  ८ : २६ बजे

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार