काठमाडाैं । बुधबार राजधानीको बानेश्वर क्षेत्रमा समाचार संकलनका क्रममा नयासवाल डटकममा कार्यरत पत्रकार पवन परियारमाथि भएको हातपातप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रेस चौतारी नेपालका अध्यक्ष श्रीहरी थापाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । "स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने…