२०८२, ५ फाल्गुन मंगलबार

बानेश्वरमा पत्रकारमाथि हातपात, प्रेस चौतारी नेपालद्वारा दोषीमाथि कडा कारबाहीको माग

बानेश्वरमा पत्रकारमाथि हातपात, प्रेस चौतारी नेपालद्वारा दोषीमाथि कडा कारबाहीको माग


काठमाडाैं । बुधबार राजधानीको बानेश्वर क्षेत्रमा समाचार संकलनका क्रममा नयासवाल डटकममा कार्यरत पत्रकार पवन परियारमाथि भएको हातपातप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रेस चौतारी नेपालका अध्यक्ष श्रीहरी थापाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । “स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ, “कुनै पनि पत्रकारमाथि गरिएको दुर्व्यवहारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमा आघात पुर्‍याउँछ ।”

प्रेस चौतारीले पीडित पत्रकारको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै यस्ता घटनाहरू दोहोरिन नदिन सम्बन्धित निकायसँग आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। बुधबार बिहान बानेश्वर क्षेत्रको सार्वजनिक स्थानमा रिपोर्टिङ गरिरहेका पत्रकार परियारमाथि एक समूहले शारीरिक आक्रमण गरेको जनाइएको छ। घटनाका विस्तृत विवरणहरू आउन बाँकी भए पनि पत्रकारमाथि भएको यो दुर्व्यवहारले सञ्चारकर्मीहरूबीच सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ।

प्रेस चौतारी नेपालले उक्त घटनालाई प्रेस स्वतन्त्रता विरुद्धको आक्रमणको रूपमा लिँदै छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  १ : ४८ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा