२०८२, २५ फाल्गुन मंगलबार

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो


रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र एक महिलाको शव फेला परेको छ। शनिबार राति करिब १०:३० बजे स्थानीयले देखेको शंकास्पद सुटकेशलाई प्रहरीले आज (आइतबार) बिहान खोल्दा, करिब ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार, सुटकेश डोरीले कसिएको अवस्थामा फेला परेको थियो। सुटकेशभित्र महिलाको शव साडीमा बेरिएको अवस्थामा भेटिएकोले हत्या गरेर सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतक महिलाको अझै पहिचान खुल्न सकेको छैन।

घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर पठाइएको छ।

यो साता मात्र रौतहट जिल्लामा तीन वटा शव फेला परेका छन्। केही दिन अघि गौर नगरपालिका–५ मा सहाबुदिन मिया छुरा प्रहारबाट मृत अवस्थामा फेला परेका थिए। त्यस्तै, सप्तरीका उपेन्द्र भगतको शव एक होटलमा फेला परेको थियो।

यसरी एक सातामै तीन शव भेटिनुले जिल्लामा जनसुरक्षाप्रति गम्भीर प्रश्न खडा भएको छ। स्थानीयवासीले यस्ता घटनाहरूको चाँडो खुलासा गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले हाल घटनासँग सम्बन्धित कुनै पनि सुराकी वा सूचना भएमा जानकारी गराउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, ८ भाद्र आईतबार  १२ : ०१ बजे

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै