२०८३, १२ कार्तिक बिहीबार

पनौती सुकुटे डेरीको भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका-५, अरनिको राजमार्गमा दुध संकलनका लागि गएको मिनि डेलिभरी भ्यान दुर्घटनामा परेको छ। प्रहरीका अनुसार आज बिहान करिब ५:२० बजे पनौती नगरपालिका-१०, पस्थलीका २२-२३ वर्षका नवराज खुलालले चलाएको बा १२ च ६५९४ नम्बरको मारुती मिनि डेलिभरी भ्यान सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, चौतारा-साँगाचोकगढी-१०, सुकुटेमा रहेको सिन्धु दुग्ध…