२०८३, ८ कार्तिक आईतबार

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आजदेखि लागू गरेको योजना कात्तिक ३० गतेसम्म सञ्चालन हुने जनाएको छ। चाडपर्वका बेला हुनसक्ने चोरी, पाकेटमारी, ठगी, जुवातास, मदिरा सेवनपछि हुने सवारी दुर्घटना, नक्कली नोट तथा टिकट कारोबार, नसालु पदार्थ मिसाउनेदेखि हत्या लगायतका आपराधिक गतिविधि…