२०८३, १५ आश्विन शुक्रबार

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन


काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आजदेखि लागू गरेको योजना कात्तिक ३० गतेसम्म सञ्चालन हुने जनाएको छ।

चाडपर्वका बेला हुनसक्ने चोरी, पाकेटमारी, ठगी, जुवातास, मदिरा सेवनपछि हुने सवारी दुर्घटना, नक्कली नोट तथा टिकट कारोबार, नसालु पदार्थ मिसाउनेदेखि हत्या लगायतका आपराधिक गतिविधि नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ।

३ हजार ५०६ प्रहरी मैदानमा

विशेष सुरक्षा योजनाअन्तर्गत ३ हजार ५०६ प्रहरी परिचालन हुनेछन्। भीडभाड हुने बजार, धार्मिक स्थल, व्यापारिक क्षेत्र, यातायात काउन्टर तथा बैंक–वित्तीय संस्थामा प्रहरीको उपस्थिति बढाइनेछ।

काठमाडौं प्रहरीले सुरक्षा निगरानीमा प्रविधिको प्रयोगसमेत बढाउने भएको छ। तीनवटा ड्रोनबाट निगरानी गरिनेछ भने नाकाहरूमा तालिमप्राप्त स्निफर डग परिचालन गरी विस्फोटक पदार्थलगायतको जाँच गरिनेछ। काठमाडौंका १ हजार २४२ सीसीक्यामेरामार्फत निगरानी, सामाजिक सञ्जाल मनिटरिङ र १० स्थानमा पब्लिक अनाउन्समेन्ट सिस्टम सञ्चालन गरिने प्रहरीले जनाएको छ।

१६६ मोबाइल गस्ती, १५२ मोटरसाइकल क्युआरटी

सुरक्षा योजनाअन्तर्गत १६६ मोबाइल गस्ती, २१० पैदल गस्ती र १५२ मोटरसाइकल क्युआरटी परिचालन हुनेछन्। गाडीसहितका १४० क्युआरटी तथा १३३ स्थानमा चेकपोस्ट राखिनेछ। त्यस्तै ५०८ स्थानमा पिकेट, १४० स्थानमा कर्डन सर्च, ७० सादा पोशाकका टोली र ९८ स्थानमा एरिया कभरको व्यवस्था गरिनेछ। ८० मन्दिर र १४८ टिकट काउन्टरमा विशेष निगरानी राखिने प्रहरीले जनाएको छ।

१२ स्थानमा नागरिक सहायता कक्ष

चाडपर्वमा घर फर्किने तथा काठमाडौं भित्रिने यात्रुको सहजताका लागि प्रहरीले १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ। बालाजुबाट सुरु गरिएको सहायता कक्ष कलंकी, बल्खु, कोटेश्वर, जडिबुटी, गौशाला, चाबहिल, गोंगबु बसपार्क, बिजी मल, सीतापाइला–जोरपाटी, बालाजु बाइपास, बालाजु चोक र नागढुंगा सुरुङमार्ग क्षेत्रमा सञ्चालन गरिनेछ। काठमाडौं प्रहरीले प्रोमोशनल, प्रिभेन्टिभ, इन्फोर्समेन्ट र इन्नोभेशन (पीपीआई) मोडलमा सुरक्षा योजना अघि बढाएको जनाएको छ। यसको उद्देश्य चाडपर्वका सम्भावित जोखिम पहिचान गरी अपराध रोकथाम, तत्काल प्रतिक्रिया र प्रविधिमार्फत निगरानीलाई प्रभावकारी बनाउनु रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ५ : ५९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र