२०८३, २३ आश्विन शनिबार

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ


काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

दिल्लीस्थित जन्तरमन्तरबाट मात्रै ७०० भन्दा बढी पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले शुक्रबारदेखि आन्दोलन सुरु गरेको हो। प्रदर्शनमा विद्यार्थी तथा विपक्षी दलका नेता–कार्यकर्तासमेत सहभागी भएका छन्। बीबीसी हिन्दीका अनुसार आम आदमी पार्टीकी नेता तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी र पूर्वमन्त्री सौरभ भारद्वाज पनि पक्राउ परेका छन्।

त्यस्तै, राष्ट्रिय जनता दलका सांसद मनोज झा तथा भारतीय कम्युनिस्ट नेता एमए बेबीलाई पनि जन्तरमन्तरबाट प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ। यसअघि पनि भारतका विभिन्न स्थापित विपक्षी दलहरूले निर्वाचन प्रक्रियासँग सम्बन्धित विषय उठाउँदै विरोध प्रदर्शन गर्दै आएका थिए। पछिल्लो प्रदर्शनसँगै दिल्लीमा राजनीतिक तनाव थप चुलिएको छ।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ५ : ४९ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि