धरान, १८ असार : इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिनुभयो । विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा…