बाँके, १६ जेठ: तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार तापक्रम गत सातादेखि ३८ देखि ४२ डिग्री सेल्सियस आसपास रहेको छ । तापक्रमस्थिर भएसँगै एक सातादेखि तातो हावा (लु) चलिरहेको छ । अत्यधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कने…