२०८३, २१ आश्विन बिहीबार

पानी नपरे पनि एकाएक बाढी

पानी नपरे पनि एकाएक बाढी


काठमाडौं ,साउन १७ : गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो ।

बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने टर्यो । तर लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आउने क्रम अझ पनि जारी छ । बिहीबार एक एकाएक बाढी आउँदा सो क्षेत्रमा आतंक सिर्जना भएको थियो ।

गत बुधबार दिउँसो लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो । बाढीमा बगेका केही अझै बेपत्ता छन् । दोर्दी गाउँपालिका –६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो ।

तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेल र हरिकृष्ण गौतमले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : २० बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १