झापा, बुधबारे । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–३, बुधबारेमा निर्माण सम्पन्न भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको छ। नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापित यो आधारभूत अस्पताल १० शैय्याको छ, जसले दैनिक करिब ४ सय बिरामीलाई सेवा दिन सक्ने क्षमता राखेको जनाइएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै…