२०८३, २० आश्विन बुधबार

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न


काठमाडौं । नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।

दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्र्तगत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्र्तगत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ । जसमध्ये हाल सम्म करीब आधा अर्थात २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लीन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशब प्रसाद ओझाले बताए ।

उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरु मध्ये ८ वटा पुलहरुमा गाडी नै चल्न सुरु भइसकेका छन भने यहि मसान्त सम्म बाँकी दुईवटा पुलहरुमा पनि गाडि चल्न सक्ने बनाइने छ ।

बाँकी पाँच वटा पुलहरु आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फपनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखीएको उनले बताए । यो सबै गरेर यस आयोजनामा हाल सम्म करीब ४४ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

‘पहिलो प्याकेजको मात्रै कुरा गर्दा ८४ प्रतशित काम सम्पन्न भएको छ । दोस्रो प्याकेजको चाहिँ करीब ४३÷४४ प्रतिशत भौतिक काम सकिएको छ । यस आयोजना अन्तर्गत मुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ । यसका कतिपय खण्डहरुमा छुट्टै क्लाइमिङ लेन भनेर तिन लेनको सडक हुनेछ जसमा उकालो तर्फ जाने सवारीहरु दुई लेनमा र ओरालो तर्फ झर्ने सवारीहरु एक लेनमा सञ्चालन हुनेछन,’ उनले भने ।

बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्धस्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपी, अझैं यसका केहि कामहरु बाँकी रहेपनि दोहोरो गाडी हिँड्न सक्ने दुई किलोमिटर केक्रिट पेमेन्ट बाट नै निर्माण सम्पन्न गरिसकेका छौं र अबको बर्खामा चाहिँ यात्रुहरुले हिलो खेप्नुपर्ने छैनभने हिउँदमा पनि धुलो खेप्नु नपर्ने उनको भनाई छ ।

‘गतवर्षको मनसुनमा यस सड्क खण्डमा भएको सवारी दुर्घटनाले निकै ठुलो क्षती पु¥याएको थियो । झ्याप्ले खोलमा भएको दुर्घटनामा ३५ जनाको ज्यानपनि गएको थियो । उक्त खण्डमा समेत पहिरो रोकथाम गर्नकालागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज गर्ने जस्ता नयाँ प्रबिधिहरु ल्याएर कामहरु अघि बढाएका छौं । अबको दुई सता जतिमा उक्त क्षेत्रमा हामीले पुर्ननिमाणको काम सम्पन्न गर्ने छौं । यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायत स्थनामा पनि पहिरो रोकथामका लागि तिब्र गतिमा काम भइरहेको छ ।’

प्रकाशित मिति : २०८२, ३२ असार बुधबार  १० : १३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको