चितवन । मुग्लिन-नारायणघाट सडकखण्ड अन्तर्गत तुइन खोलाको पुल नजिक मंगलबार दिउँसो गएको ठुलो पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । मंगलबार साँझ ४:५० बजेतिर पहिरो खस्दा सडकका दुवै लेन बन्द भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भए पनि काम सम्पन्न हुन दिनभर समय लाग्ने बताइएको…