२०८३, ९ कार्तिक सोमबार

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 


काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने भएको छ । 

टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको जानकारी दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका अनुसार नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पुर्‍याउन सक्नेछन्।

गुनासो पेस गर्ने प्रमुख माध्यमहरू:

टोल फ्री नम्बर: १६६०५७५२८९८

WhatsApp नम्बर: ९८५५०९१४५६

इमेल: [email protected]

अनलाइन पोर्टल: https://gunaso.bagamati.gov.np

यसका साथै, अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित प्रणालीमा पुग्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  ४ : ४५ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर