२०८३, ३१ भाद्र बिहीबार

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 


काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने भएको छ । 

टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको जानकारी दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका अनुसार नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पुर्‍याउन सक्नेछन्।

गुनासो पेस गर्ने प्रमुख माध्यमहरू:

टोल फ्री नम्बर: १६६०५७५२८९८

WhatsApp नम्बर: ९८५५०९१४५६

इमेल: [email protected]

अनलाइन पोर्टल: https://gunaso.bagamati.gov.np

यसका साथै, अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित प्रणालीमा पुग्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  ४ : ४५ बजे

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भृकुटीमण्डपमा घरजग्गा एक्स्पो सुरु, हदबन्दी समस्या समाधान गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ

काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका