धुलिखेल, ६ जेठः सिन्धपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले कोरोना भाईरस रोकथाम तथा न्यूनीकरणका लागी खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कार्यपालिकाको बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाईपाई आएको तलबको ७० प्रतिशत प्रोत्साहन भत्ताको रुपमा उपलब्ध गराउने निर्णय गरेको पालिका अध्यक्ष श्रवण कुमार जिसीले जानकारी दिए । स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना भाईरसकै कारण…