धुलिखेल, ८ जेठः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर कामगर्ने सबैको बिमा गरिदिने भएको छ । गाउँ कार्यपालिकाको आकस्मिक बैठकले स्वास्थ्यकर्मीहरु, कर्मचारी र जनप्रतिनिधिहरुको १ लाख बराबरको जोखिम बिमा गर्ने निर्णय गरेको हो । त्यस्तै १० लाख बराबरको स्वास्थ्य बिमा गर्ने निर्णय भएको पालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी…