धुलिखेल, ९ जेठः काभ्रेको चौरीदेउराली गाउँपालिकाका १० जनामै कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । पालिकामा आरडिटी विधि मार्फत गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षणका…